कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको बताउनु भएको छ ।

ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिने बताउनु भयो । उहाँले सडक साँघुरो भएपनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

‘वैकल्पिक रुटका लागि हाम्रो प्लानिङ भनेको अहिलेलाई त्रिभुवन राजपथ र कान्ति राजपथ नै हो, अरू बाटोहरू पनि खुलाउने तयारी गर्दैछौँ,’ उहाँले भन्नुभयो ।

कृष्णभीरमा तत्कालै स्थायी पुनर्निर्माण गर्न समय लाग्ने भएपनि अस्थायी रूपमा ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनु भयो।

‘पुनर्निर्माण हुन त समय लाग्ला तर अस्थायी रूपमा ट्र्याक खोल्ने र सडक सञ्चालन ल्याउनका लागि १५ दिनको योजना बनाएका छौं,’ न्यौपानेले भन्नुभयो।

त्रिशूलीको बहाव परिवर्तनले जोखिम बढायो

न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएकाले पूर्वाधारमा जोखिम बढेको छ ।

‘खोलाको बहाव चेन्ज भएको छ । रोडको साइडतिर खोला बग्न थालेको छ। त्यसले सडकमुनि कटान गरेर ड्यामेज गराइरहेको छ’ उहाँले भन्नुभयो।

उहाँका अनुसार नदीको सतहसमेत बढेकाले आगामी बाढीमा सडकसम्मै पानी आउने सम्भावना बढेको छ ।

‘नदीमा पानीको लेभल नै बढेको छ । रोडसम्मै बाढी आउने सम्भावना बढेर गएको छ । थप ड्यामेजको रिस्क,’ उहाँले बताउनुभयो।

वैकल्पिक मार्ग सञ्चालनका लागि अन्य कुन–कुन स्थानमा तत्काल सडक चौडा वा मर्मत गर्नुपर्ने भन्ने विषयमा विभागले अध्ययन गरिरहेको र हालसम्म त्यसबारे ठोस निर्णय भइनसकेको उहाँले जानकारी दिनुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।