सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गर्नु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग मागगर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

खड्काले आफ्नो गृहजिल्ला डोटीका दीपक बोहरा र कीर्ति विष्टलगायतका नागरिकसमेत हालसम्म अज्ञात अवस्थामा रहेको बताउनु । उनीहरूको तत्काल खोजी गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनु भयो । नागरिकको उद्धारका लागि मित्र राष्ट्र तथा सहयोगी संघ–संस्थाबाट आवश्यक सहयोग लिन सरकारले कुनै संकोच गर्न नहुने उहाँको भनाइ थियो ।

‘सरकारको पहिलो कर्तव्य नागरिक बचाउनु हो, नागरिक बचाउनका लागि कुनै पनि मित्र राष्ट्र वा सहयोगी संघ–संस्थाबाट लिने सहयोगमा कुनै संकोच गर्नुहुँदैन,’ उहाँले भन्नुभयो ।

खड्काले विपद्को अवस्थामा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । साथै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनको काम अघि बढाउनुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग

सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान