१०औँ दिनमा त्रिशूली सुरुङबाट २ जनाको जीवितै उद्धार

 काठमाडौँ , भदौ १९।भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ ।सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन् ।साइटमै रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ ‘ए’ बाट सञ्जय साह र कबिर महर्जनको उद्धार भएको जानकारी दिएका छन् काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट गएका थिए ।

सप्तरीका सञ्जय शाह त्रिशूली ३ ‘ए’ को अपरेसनमा सिफ्ट ड्युटीमा थिए । उनीहरूलाई पहुँच सुरुङको आधाआधीमा भेटिएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । बाहिर निस्कने क्रममा उनीहरु बीचमै अड्किएका थिए । सञ्जय मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने कबिर मेकानिकल सुपरभाइजर थिए ।  यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने