अर्जुनधारामा मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

झापा, भदौ १९ झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।गएराति अन्दाजी ८ बजे अर्जुनधारा ९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नं.को २२० सीसीको पल्सर मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः२० बजे मृत्यु भएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका ११ बस्ने २८ वर्षीय रुपेश राई र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने