भेलागुडी विश्रान्तिघाटमा बिरामीको चाप बढ्यो

झापा, भदौ १९ । विकास निर्माणसंगै सामाजिक काममा अग्रसर बिर्तामोड ८ स्थित भेलागुडी विश्रान्तिघाट निर्माण समितिले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट धेरैजना लाभान्वित भएका छन् ।बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको विशेष पहल र दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा हिजो विश्रान्तिघाट परिसरमा आयोजित शिविरमा करिव ३५० जना विरामीले सेवा लिएको आयोजक समितिका सचिव मदन अधिकारीले बताउनुभयो । तीमध्ये १२ जनामा मोतिया विन्दुको समस्या पाइएको र उनीहरुलाई सहुलियत रुपमा शल्यक्रिया गरिने उहाले जानकारी दिनुभयो ।

शिविरमा आँखाको उपचारसंगै नाक, कान र घाँटी सम्बन्धी पनि निःशुल्क चेकजाँच गरिएको वडाध्यक्ष अजय कार्कीले बताउनुभयो । उहाले भेलागुडी विश्रान्तिघाटलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गरिएको बताउँदै घाट निर्माणपछि पार्कको काम तीब्र गतिमा भइरहेको जानकारी दिनुभयो ।दृष्टि आँखा अस्पतालका बजार व्यवस्थापक सूर्य रिमालले सहजीकरण गर्नुभएको शिविरमा सो अस्पतालका डा. विरेन्द्रप्रसाद साह , डा. कौशलकिशोर साह,डा. चन्दना साह,सुजन केरुङ, शिक्षा गजमेर, सरोज बस्नेतलगायतको टीमले स्वास्थ्य जाँच गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने