रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाद्वारा जारी सूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका स–साना नदीहरूको जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ । यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) सहित देशका ४० भन्दा बढी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा मध्यम जोखिमको चेतावनी दिइएको छ ।कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु बागमती प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर र चितवनमा जोखिम देखिएको छ । यस्तै, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुरमा समेत बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको हो । नदी तथा खोला किनारका होचा भू–भाग, कटान जोखिमयुक्त क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । साथै, नदी तटीय क्षेत्रमा कुनै पनि गतिविधि गर्दा विशेष सावधानी अपनाउन र आपत्कालीन अवस्थाका लागि पूर्वतयारी अवस्थामा रहन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

 १० दिनपछि दुई जनाको जीवितै उद्धार : साहको अवस्था सामान्य, महर्जनको जटिल

काठमाडौँ ,१९ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु