१० दिनपछि दुई जनाको जीवितै उद्धार : साहको अवस्था सामान्य, महर्जनको जटिल

काठमाडौँ ,१९ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ ।जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुनुन्छ । उहाँको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ ।

 

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उहाँलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बाढी गएको १० दिनपछि दुवै जनालाई उद्धार गरिएको हो ।आयोजनाभित्र मानिसहरू फसेको आशङ्कापछि बाढी गए लगत्तै लगातार उद्धारको प्रयास गरिए पनि लामो समय लागेको थियो ।

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय

राहत र उद्धारसँगै पुनर्निर्माण अघि बढाउनुपर्छ : ओली

काठमाडौं ,१९ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताउनु भएको छ।शुक्रबार पार्टी केन्द्रीय