भोटेकोशी बाढी

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नु भएको छ ।भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नु भएको छ ।

 

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि विपदबाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भएको छ।उहाँले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न पनि सञ्चारकर्मीलाई आग्रह गर्नु भएको छ । बालबालिका तथा अन्य संवेदनशील अवस्थाका व्यक्तिको पहिचान खुल्ने तस्वीर, भिडियो वा व्यक्तिगत विवरण सहमतिबिना सार्वजनिक नगर्न र उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी समाचार संकलन तथा सम्प्रेषण गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ।

 

पत्रकारिताले विपद्को वास्तविकता समाजसामु ल्याउँदा पीडितको मानवीय मर्यादा र अधिकारलाई समाचारको विषयभन्दा माथि राख्न आवश्यक रहेको उहाँले बताँउनु भयो ।भोटेकोशी बाढी तथा रसुवा, नुवाकोट र धादिङ लगायतका विपद् प्रभावित क्षेत्रको अवस्थाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना, तस्वीर र भिडियोहरू सार्वजनिक भइरहेका छन् ।विपद्को समयमा गलत वा अपुष्ट सूचनाले सर्वसाधारणमा त्रास फैलाउनुका साथै उद्धार तथा राहत व्यवस्थामा समेत समस्या सिर्जना गर्न सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन मन्त्रालयले आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले विपदबाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई प्राथमिकता दिन अनुरोध गरेको छ ।

 

मन्त्रालयले अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट सिर्जित भ्रामक सामग्री सार्वजनिक नगर्न पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।मन्त्रालयले विपद्का क्रममा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका हृदयविदारक तस्वीर, भिडियो वा विवरण सामाजिक सञ्जालमा पोस्ट तथा रिपोस्ट नगर्न विशेष आग्रह गरेको छ । विपद्मा आफन्त गुमाएका परिवारजनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्य ममार्फत आफ्ना आफन्तको भयावह अवस्था वा शवसम्बन्धी तस्वीर तथा भिडियो देख्दा थप मानसिक पीडा भोग्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको भनाइ छ ।

 

त्यसैले विपद्को समयमा भयावह, विचलित बनाउने तथा समाजमा थप त्रास सिर्जना गर्ने सामग्रीभन्दा सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको उद्धार तथा राहत वितरणका क्रममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्वीर तथा भिडियो सार्वजनिक भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।प्रेस काउन्सिलका अनुसार राहत तथा उद्धारका नाममा बालबालिकाको असहाय अवस्था प्रदर्शन गर्ने, उनीहरूको पहिचान खुल्ने तस्वीर तथा भिडियो सार्वजनिक गर्ने वा उनीहरूको मनोवैज्ञानिक अवस्थामाथि नकारात्मक असर पार्ने सामग्री सम्प्रेषण गर्नु बालमैत्री सञ्चार निर्देशिका, २०७३ को मर्मविपरीत हुन जान्छ ।

 

निर्देशिकाले प्राकृतिक विपद् वा दुर्घटनासम्बन्धी बीभत्स दृश्यले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले सञ्चारमाध्यमले विशेष सजगता अपनाउनुपर्ने व्यवस्था गरेको छ ।पीडित बालबालिकाको अवस्था देखाउँदा उनीहरूको मनोविज्ञानमा पर्ने दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने, राहत तथा उद्धारका नाममा उनीहरूको असहाय अवस्था देखाएर आत्मसम्मानमा ठेस पु¥याउन नहुने र तत्कालीन वा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्न नहुने निर्देशिकामा उल्लेख छ ।त्यस्तै, बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने गरी तस्वीर वा श्रव्यदृश्य सामग्री सम्प्रेषण गरेर उनीहरूलाई जोखिममा पार्न नहुनेमा पनि काउन्सिलले जोड दिएको छ ।

 

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सामग्रीमाथि निगरानी बढाएको जनाएको छ ।काउन्सिलले आचारसंहिता विपरीतका सामग्री हटाउन सम्बन्धित माध्यमलाई निर्देशन दिनुका साथै आवश्यकताअनुसार सचेत गराउने र कारबाही प्रक्रिया अघि बढाउने काम गरिरहेको जनाएको छ ।काउन्सिलले विपदबाट प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पार्ने, उनीहरूको आत्मसम्मानमा ठेस पु¥याउने तथा गोपनीयता र मर्यादामा प्रतिकूल असर पार्ने किसिमका तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

 

भोटेकोशी विपद्को रिपोर्टिङ गर्दा सञ्चारमाध्यमले एकातर्फ नागरिकलाई वास्तविक अवस्था, उद्धार तथा राहतसम्बन्धी आवश्यक सूचना दिनुपर्नेछ भने अर्कोतर्फ पीडितको अधिकार र मानवीय संवेदनशीलतालाई संरक्षण गर्नुपर्ने अवस्था छ । विशेषगरी बालबालिका, सुत्केरी महिला, परिवारका सदस्य गुमाएका व्यक्ति, घाइते तथा मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका नागरिकसँग समाचार संकलन गर्दा उनीहरूको सहमति, सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायहरूको जोड छ ।विपद्को समयमा समाचारको प्रभाव बढाउने नाममा पीडितको दुःखलाई अतिरञ्जित गर्ने, सनसनीपूर्ण दृश्य प्रस्तुत गर्ने वा व्यक्तिगत पहिचान खुल्ने सामग्री सार्वजनिक गर्ने प्रवृत्तिले पीडितलाई थप क्षति पु¥याउन सक्ने भएकाले सञ्चारमाध्यमलाई जिम्मेवार र संवेदनशील बन्न सरकार तथा प्रेस काउन्सिलले आग्रह गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय