बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिखर कट्टेलका अनुसार बाढीबाट क्षति पुगेका क्षेत्रमा राहत, पुनःस्थापना तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालका चिकित्सक, स्टाफ नर्स तथा अन्य कर्मचारीको एक–एक दिन बराबरको पारिश्रमिकसँगै अस्पतालको विपद् व्यवस्थापनसम्बन्धी छुट्याइएको कोषसमेत समावेश गरिएको छ ।

एक महिना स्वास्थ्य सेवा दिने तयारी

आम्दा अस्पतालले बाढी प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकीय टोलीसमेत तयारी अवस्थामा राखेको छ ।
डा. कट्टेलका अनुसार अस्पतालले सरकारलाई प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि स्थान तोकिदिन आग्रह गर्दै पत्राचार गरिसकेको छ । तर, सरकारले हालसम्म कुनै स्थान तोकिदिएको छैन । त्यसका कारण चिकित्सकीय टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

“दमकबाट मेरो नेतृत्वमा पाँच जनाको टोली तयार छ । बुटवलबाट पनि अर्को चिकित्सकीय टोली तयार गरिएको छ भने आम्दा नेपालको केन्द्रीय कार्यालयले समेत थप टोली तयार गर्न सक्छ,” डा. कट्टेलले उज्यालो खबरलाई जानकारी दिदै भन्नुभयो “सरकारले प्रभावित क्षेत्रमा गएर स्वास्थ्य सेवा दिनु भनेर स्थान तोकिदिए मात्र पुग्छ । त्यसपछि आवश्यक विशेषज्ञसहितको टोली तत्काल पठाएर स्वास्थ्य सेवा दिन हामी तयार छौँ ।”अस्पतालले कम्तीमा एक महिनासम्म प्रभावित क्षेत्रमा चिकित्सकीय सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।