बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिखर कट्टेलका अनुसार बाढीबाट क्षति पुगेका क्षेत्रमा राहत, पुनःस्थापना तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालका चिकित्सक, स्टाफ नर्स तथा अन्य कर्मचारीको एक–एक दिन बराबरको पारिश्रमिकसँगै अस्पतालको विपद् व्यवस्थापनसम्बन्धी छुट्याइएको कोषसमेत समावेश गरिएको छ ।

एक महिना स्वास्थ्य सेवा दिने तयारी

आम्दा अस्पतालले बाढी प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकीय टोलीसमेत तयारी अवस्थामा राखेको छ ।
डा. कट्टेलका अनुसार अस्पतालले सरकारलाई प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि स्थान तोकिदिन आग्रह गर्दै पत्राचार गरिसकेको छ । तर, सरकारले हालसम्म कुनै स्थान तोकिदिएको छैन । त्यसका कारण चिकित्सकीय टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

“दमकबाट मेरो नेतृत्वमा पाँच जनाको टोली तयार छ । बुटवलबाट पनि अर्को चिकित्सकीय टोली तयार गरिएको छ भने आम्दा नेपालको केन्द्रीय कार्यालयले समेत थप टोली तयार गर्न सक्छ,” डा. कट्टेलले उज्यालो खबरलाई जानकारी दिदै भन्नुभयो “सरकारले प्रभावित क्षेत्रमा गएर स्वास्थ्य सेवा दिनु भनेर स्थान तोकिदिए मात्र पुग्छ । त्यसपछि आवश्यक विशेषज्ञसहितको टोली तत्काल पठाएर स्वास्थ्य सेवा दिन हामी तयार छौँ ।”अस्पतालले कम्तीमा एक महिनासम्म प्रभावित क्षेत्रमा चिकित्सकीय सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।

त्रिशूली–३ ए को सुरुङभित्र उद्धार कठिन भए पछि खोज कार्य रोकियो

काठमाडौं ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ । आज शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति