बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् ।बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सो रकम जम्मा गर्ने निर्णय गरेका हुन् ।

 

पीडितको लागि रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूको १० दिनको पारिश्रमिक, कर्मचारी तथा शिक्षकहरूको तोकिएबमोजिमको रकम र प्रकोप व्यवस्थापन कोष समेतबाट गरी सबैभन्दा बढी ४० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १ लाख, जनप्रतिनिधिहरूको १० प्रतिशत पारिश्रमिक ३९ हजार ३५० र गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरूको तलब योगदान २० लाख ६७ हजार १२० गरी कुल रु.२२ लाख ६ हजार ४ सय ७० कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

 

यसका साथै गाउँपालिकाले आफ्नै क्षेत्रभित्रका बेपत्ता नागरिकका पीडित परिवारलाई खोजतलास खर्चका लागि प्रतिपरिवार रु। २५ हजारका दरले अलग्गै राहत दिनेसमेत जनाएको छ ।खाँडादेवी गाउँपालिका ःगाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख सहयोग गर्ने निर्णय गरेको छ । साथै अधिकृत, सहायक र सहयोगी कर्मचारीहरूको १ देखि ५ दिनसम्मको तलब संकलन गरी थप रकमसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।सुनापति गाउँपालिकाले बाढीपीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

 

चारै स्थानीय तहले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको उपचार तथा विपद्को यस कठिन परिस्थितिमा सबै पक्षलाई उच्च सतर्कता अपनाउन र सहयोगमा जुट्न अपिलसमेत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।