भोटेकोसी बाढीको बहव

जलवायु परिवर्तनको क्षतिपूर्तीको लडाँइमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

एमले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले उद्यौगिक राष्ट्रहरुले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका छन् ।

 

‘विकसित देशहरुले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्वन उत्सजर्न गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरुले भोग्नु परेको छ ’ पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ती उनीहरुले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ । ’

 

महासचिव पोखरेलले एमाले पिडितको राहात,उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तिव्र पारिएको उनले बताए ।

 

‘हाम्रा पार्टीका नेता तथा जनसंगठनहरु बाढी लगत्तै उद्धार तथा राहातमा अहोरात्र खटेका छन्’ पोखरेलले भने ‘राहात सामग्री पिडितलाई पुर्याउने काम पनि हामीले गरिरहेका छौं ।’
पोखरेलले एमाले सरकारले अघि सार्ने पुनस्थापना तथा पुननिर्माणको काममा सहयोगी हुने बताएका छन् ।

‘एमालेमा विगतका विपत्तीमा पनि उद्धार,राहात,पुनस्थापना र पुननिर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरु हुनुहुन्छ’ पोखरेलले भने ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पिडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै