चार सांसदमाथि जसपाको कारबाही : धरापमा लुम्बिनी प्रदेश सरकार

बुटवल , २० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका आफ्ना चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि प्रदेश सरकार समस्यामा देखिएको छ ।पार्टीले चारजना सांसदलाई निश्कासन गरेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि सभामुखले त्यसको जानकारी प्रदेशसभामा गराउनुपर्ने हुन्छ ।निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल हुन् । उनीहरु मध्ये पाण्डे सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्री छन् । अग्रवाल पुर्व मन्त्री हुन् ।दुईजना मन्त्री सहित सत्ता पक्षका चार सांसदहरु पदमुक्त भएको जानकारी सभामुखले गराएको अवस्थामा मुख्यमन्त्री चेतनारायण आचार्यले गत भदौ १ गते पाएको विश्वासको मतमाथि प्रश्न उठ्ने कानूनका जानकारहरु बताउंछन् ।दौ १ गते मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत पाएका थिए । ८३ सदस्यीय कायम रहेको प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो ।

८३ सांसद मध्ये सत्ता पक्ष नेकपाकी एकजना सांसद विदेशमा रहेकाले अनुपस्थित भएकी थिइन् । उनी उपस्थित हुंदा ४६ मत हुन्थ्यो । सभामुख सहित ८३ सांसद मध्ये मुख्यमन्त्री आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये चार जना र राष्ट्रिय जनमोर्चाकी एक सांसदले मत दिएका थिए । जसपाकी अम्बिका काफ्ले विश्वासको मतको मतदान प्रकृयामा सहभागी भएकी थिइनन् । उनी पार्टी केन्द्रको निर्णयको पक्षमा थिइन् ।तर यसबीचमा साविक नागरिक उन्मुक्ति पार्टी हाल नेकपामा समाहित दुई जना सांसद राजकुमार चौधरी र ले मन्त्रिमण्डल विस्तारमा असन्तुष्टी जनाउंदै प्रतिपक्षी बेन्चमा बस्न सभामुखलाई निवेदन दिएका छन् ।चार सांसद कारवाहीमा परेका र सत्ता पक्षकै दुई जना सांसदले विपक्षी बेन्च माग गरेको अवस्थामा मुख्यमन्त्री आचार्यले पाएको विश्वासको मतमाथि नैतिक र कानूनी प्रश्न उठेकाले अब उनले पुन: विश्वासको मत लिनुपर्ने नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बताइन् । ‘अब मुख्यमन्त्रीले फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्छ’–गिरीले भनिन्–‘उहाँले बहुमत सिद्ध गर्न नसके नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पहलकदमी लिनुपर्ने हुन्छ।’अधिवक्ता महेन्द्र पाण्डेयले पनि मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिनुपर्ने बताउंछन् । जसपा नेपालले पार्टीबाट निश्कासन गरेका चार सांसद अदालत जान सक्ने तर मुख्यमन्त्रीले पुन: विश्वासको मत सिद्ध गर्नुपर्ने अधिवक्ता पाण्डेयको तर्क छ ।  सत्ता पक्षकै एक सांसदले भदौ १ गते लिएको विश्वासको मतखण्डित भइसकेकाले मुख्यमन्त्री आचार्यमाथि नैतिक प्रश्न उठेकाले पुन: विश्वासको मत लिएर बहुमत पुष्टि गर्नुको विकल्प नभएको बताउंछन् ।कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न प्रदेश सभामा छिट्टै पत्राचार गरिने जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले बताएप्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारुढ थिए  भने कांग्रेस र जनमत विपक्षमा छन् । राप्रपा भने तटस्थ छ ।जसपाका चार सांसदले विश्वासको मत नदिएको भए भदौ १ गते मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नजुट्ने निश्चित थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक