जलवायु न्यायको लडाइँमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक : महासचिव पोखरेल

काठमाडौं , भदौ २०। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभएको छ। एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उहाले माग गर्नुभएको छ। ‘विकसित देशहरूले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरूले भोग्नु परेको छ,’ पोखरेलले भने ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिनुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ ।’

महासचिव पोखरेलले एमाले पीडितको राहत,उद्धार र पुनस्थापनका लागि अहोरात्र खटिरहेको बताउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उहाले बताउनुभएको छ । पोखरेलले एमाले सरकारले अघि सार्ने पुन स्थापना तथा पुन निर्माणको काममा सहयोगी हुने बताउनुभयो ।‘विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनस्थापना र पुन निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरू हुनुहुन्छ’ पोखरेलले भन्नुभयो ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक