ताप्लेजुङ गोल्डकपको उपाधि सलहेसलाई, फाइनलअघि ‘मेसी’ सम्मानित

ताप्लेजुङ ,भदौ २०। चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ । शुक्रबार फाइनल खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उहाले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो ।आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उहाले राख्नुभएको योगदानको प्रशंसा गर्नुभएको थियो । ३९ वर्षीय मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको हो ।

उहाले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गर्नुभएको छ भने विश्वकप उपाधिसहित छ वटा विश्वकपमा सहभागिता जनाउने कीर्तिमान पनि बनाउनुभएको छ । उहा अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । मेसीलाई सम्मान गर्दै सुरु भएको फाइनलमा सिराहाको सलहेस युवा क्लब ले पाँचथरको फिदिम स्पोर्टिङ क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको छ । उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

सलहेस सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब, कालिम्पोङलाई २–० ले हराउँदै फाइनल पुगेको थियो भने फिदिमले झापा–११ लाई १–० ले पराजित गर्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । दोस्रो संस्करणदेखि लगातार फाइनल खेल्दै आएको सलहेसले गत वर्ष चर्च ब्वाइज क्लब ललितपुरलाई २–० ले हराएर जितेको उपाधि यस वर्ष पनि जोगाउन सफल भएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फिदिमका अनुकेश शेर्मा घोषित हुनुभयो। उहाले बजाज कम्पनीको मोटरसाइकल पुरस्कार प्राप्त गर्नुभयो।

फाइनलमा सलहेसका सनिस श्रेष्ठ म्यान अफ द म्याच घोषित हुनुभयो। सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अविषेक लिम्बू उत्कृष्ट डिफेन्डर र सुशील यादव उत्कृष्ट मिडफिल्डर बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित हुनुभयो । विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, कोशी प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामलगायतले विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्नुभएको छ। प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताको यस संस्करणमा आठ टोली सहभागी थिए । प्रतियोगितामा सलहेस, फिदिम, झापा–११, जर्जियन युनाइटेड कालिम्पोङ, चित्लाङ फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, नेपाल पुलिस क्लब र आयोजक ताप्लेजुङ–११ ले प्रतिस्पर्धा गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक