हेल्दुङ पावर हाउसमा खराबी : हुम्ला पाँच दिनदेखि अन्धकार, जनजीवन ठप्प

सुर्खेत , भदौ २०। हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । त्यहाँ उपलब्ध प्राबिधिक जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म वितरण केन्द्रबाट वितरित विद्युत् सेवा सम्पूर्ण क्षेत्रमा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा हुम्लाका सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ ।लामो समयसम्म विद्युत् नहुँदा मोबाइल चार्ज गर्नदेखि इन्टरनेट तथा विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या भएको स्थानीयको भनाइ छ । तत्काल विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था अपनाउनुपर्ने र यस्तो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको माग छ ।यसैबिच पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले हुम्लामा विद्युत् आपूर्ति तत्काल सुचारु गर्न संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । शाहीले सामाजिक सञ्जालमार्फत पावर हाउसमा देखिएको समस्या समाधान नभएसम्म हुम्लामा रहेको डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याई विद्युत् उत्पादन तथा आपूर्ति सुचारु गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाले विद्युत् सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शाहीले दुर्गम हिमाली जिल्लाका नागरिकलाई पनि अन्य नागरिकसरह आधारभूत सेवा सुविधा प्राप्त गर्ने अधिकार रहेको बताउनुभएको छ। ‘हुम्ली जनता पनि यही राज्यका नागरिक हुन् । हुम्लाका नागरिकलाई पनि उज्यालोमा बस्ने समान अधिकार छ,’ शाहीले भन्नुभयो ,‘राज्यले हिमाली दुर्गम भूगोलमा बसोबास गर्ने नागरिकलाई आधारभूत सेवा सुविधाबाट वञ्चित गरिरहन मिल्दैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक