हिमाली सुनामीको पुनःस्थापना नयाँ ढंगबाट अघि बढाउनुपर्छ : भुपदेव शाह

नुवाकोट ,२० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री भुपदेव शाहले ‘हिमाली सुनामी’बाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम भइरहेको बताउनु भएको छ। शाहले प्रभावित क्षेत्रमा केही दिन प्रत्यक्ष बसेर त्यहाँको अवस्था, स्थानीय नागरिकका आवश्यकता तथा विपत्तिपछिका चुनौतीहरू अवलोकन गरेपछि आफ्नो अनुभव र देखेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको हो।विगत केही दिनदेखि नुवाकोटमा रहनु भएका शाहले जलवायु परिवर्तनका कारण आएको भनिएको ‘हिमाली सुनामी’ले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै अब प्रभावित क्षेत्रको पुनःस्थापना तथा जनजीवन सामान्यीकरणतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ।

उहाँले ‘हिमाली सुनामी’को प्रकृति भूकम्प तथा यसअघिका बाढीभन्दा फरक रहेको उल्लेख गर्दै यसपछिका पुनःस्थापना तथा पुनर्निर्माणका कामसमेत नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता देखिएको बताउनु भएको छ।“हामीले यो ‘हिमाली सुनामी’ भूकम्प र यसअघिको बाढीभन्दा निकै फरक रहेको पायौँ। त्यसैले यो महाविपत्तिपछिका कार्यहरू पनि हामीले बिल्कुल नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने देखियो,” शाहले सामाजिक सञ्जालमा लेख्नु भएको छ।शाहका अनुसार प्रभावित स्थानीयको जीवन सामान्यीकरण गर्न सुरक्षा निकाय, जिल्ला प्रशासन, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य सशक्त बनाउने प्रयास भइरहेको छ। उहाँले सबै निकायको भूमिका, अस्तित्व र आपसी सम्मानलाई कायम राख्दै विपद्पछिका कामलाई समन्वयात्मक ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ।

 

यस क्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मुख्यमन्त्रीको कार्यालय, विभिन्न स्थानीय तहका प्रमुख तथा कार्यपालिका कार्यालय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत छलफल गरिएको शाहले बताउनु भएको छ।ग्रासरुटमा रहेका नागरिकको वास्तविक आवश्यकता पहिचान गर्ने तथा सम्बन्धित निकायको सहमति लिएर आवश्यक सहजीकरण गर्ने कामसमेत गरिएको उहाँको भनाइ छ।शाहले विपत्तिका बेला कसले के गर्‍यो वा गरेन भन्नेभन्दा पनि प्रभावित नागरिकको जीवन सामान्य बनाउनु सबैको साझा दायित्व भएको बताउनु भएको छ।

 

“कसले के गर्‍यो, गरेन भन्दा पनि यो विपत्तिको सामना गर्नु हामी तीनै तहका सरकार, दलहरू, सामाजिक संस्था, नागरिक समाज र सम्पूर्ण सरोकारवाला पक्षहरूको साझा दायित्व हो,” उहाँले भन्नु भएको छ।उहाँले विपत्तिबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा जनजीवन सामान्यीकरणका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज लगायत सबै सरोकारवालालाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न आग्रह गर्नु भएको छ।“आफ्नो ठाउँबाट जे(जति सकिन्छ, योगदान गरौँ,” शाहले आह्वान गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै