‘सेनाको काम ज्यान बचाउने हो कि चामल बाँड्ने ?’ : राहत वितरणमा निरज आचार्यको आपत्ति

काठमाडौं , भदौ २०। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताउनुभएको छ
। उहाले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाउनुभएको छ ।आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो कि स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने जिज्ञासा व्यक्त गर्नुभएको छ । उहाले विपद्का बेला नेपाली सेनालाई उद्धार तथा ज्यान बचाउने काममा केन्द्रित गर्नुपर्नेमा राहात वितरणको जिम्मेवारी दिनु उपयुक्त नभएको जनाउनुभयो । सेनाको मुख्य जिम्मेवारी उद्धार हो कि राहत वितरण रु आचार्यले प्रश्न गर्नुभएको छ । ‘नेपाली सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने हो कि चामल बाँड्ने,’उहाले लेख्नुभएको छ ।

आचार्यका अनुसार सेनालाई उद्धार कार्यमा केन्द्रित गराएर राहत वितरणका लागि आम नागरिक, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा छुट्टै टोली परिचालन गर्न सकिन्थ्यो । यस्तो व्यवस्थापन हुन सके राहत सामग्री थन्किएर कुहिने र विपद्पीडित नागरिक राहतको अभावमा बस्नुपर्ने अवस्था कम गर्न सकिने उहाको भनाइ छ ।उहाले विपद् व्यवस्थापनमा राज्यका विभिन्न निकायलाई स्पष्ट जिम्मेवारी नदिँदा र व्यवस्थित प्रणाली निर्माण गर्न नसक्दा हरेकपटक समस्या दोहोरिने बनाउनुभएको छ ।‘सबैलाई आ–आफ्नो जिम्मेवारी नदिने र सिस्टम नबनाउने हो भने सधैं यस्तै नियति भोग्नुपर्ने हो’ आचार्यले लेख्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक