बाढी प्रभावितको सुरक्षा, संरक्षण र पुनर्स्थापनामा सरकार प्रतिबद्ध : मन्त्री सिता बादी

काठमाडौं , भदौ २०। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।मन्त्री बादीले विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालय तथा तल्लो पिपलटारमा सञ्चालित होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकको आवास, स्वास्थ्य, खाद्यान्न तथा आधारभूत सेवाको अवस्थाबारे जानकारी लिइन् । उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको तत्कालीन आवश्यकता र समस्याबारे समेत जानकारी लिएकी थिइन्।

अनुगमनका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाको विशेष सुरक्षा र संरक्षण सुनिश्चित गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन्। प्रभावित महिलाका लागि छुट्टै सुरक्षित होल्डिङ सेन्टर, आवश्यकताअनुसार महिला प्रहरीको परिचालन तथा सुरक्षित स्थानान्तरणको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिएको थियो। मन्त्री बादीले विपद्का कारण जोखिममा परेका तथा अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान, सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन र आवश्यक मनोसामाजिक सहयोगलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्। बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्न नहुने भन्दै उनीहरूको अवस्था र संरक्षण आवश्यकताअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्।अनुगमनका क्रममा कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समेत निरीक्षण गरी सुरक्षा, स्वास्थ्य तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिइन् ।मन्त्री बादीले प्रभावित नागरिकलाई तत्काल राहत र सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाका लागि सरकारले योजना अघि बढाइरहेको बताइन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक