दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै समस्या भएका बिरामीहरूका लागि गौरादह डेन्टल केयरले ठुलो सहयोग गर्दै आएको छ। यहाँ कन्सल्टेन्ट अर्थोडोन्टिस्ट डा. भुसाल भट्टराईले नियमित रूपमा विशेषज्ञ सेवा दिइरहनु भएको छ।

 

दाँत मात्र होइन, अनुहारकै बनावट मिलाइने दन्त चिकित्सा शास्त्र अन्तर्गतको विशिष्टीकृत विधा ‘अर्थोडोन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोपेडिक्स’ का विशेषज्ञ डा. भुसालका अनुसार, यो सेवा केवल बाङ्गा दाँत सीधा बनाउनेमा मात्र सीमित छैन।
हामी तार बाँधेर वा अन्य आधुनिक प्रविधि को प्रयोग गरी दाँतको साथसाथै अनुहारका हड्डी र जबडाको बनावटलाई पनि सन्तुलित बनाउँछौँ, डा. भुसालले भन्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्रक्रियाका लागि कुनै शल्यक्रिया को आवश्यकता पर्दैन।बाङ्गाटिङ्गा दाँत र जबडाको समस्याले सरसफाइमा असर गर्नुका साथै आत्मविश्वास पनि घटाउँछ। शल्यक्रिया बिना तार बाँधेर अनुहारको बनोट र दाँत मिलाई स्वस्थ अनि सुन्दर मुस्कान फर्काउने सेवा हामी गौरादह डेन्टल केयरमा दिइरहेका छौँ।

गौरादह क्षेत्रमा उपलब्ध यो विशेषज्ञ सेवाले दाँतको समस्याबाट ग्रसित स्थानीय बासिन्दाहरूलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ र गुणस्तरीय उपचार प्रदान गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै