बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो।ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ।

 

उक्त रकमबाट स्थानीय टोलीहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा सेवा छिटो उपलब्ध गराउन सक्नेछन्।ईयूको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले पनि नेपाललाई सहयोग पठाइरहेका छन्। ती देशबाट लाइफ ज्याकेट, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा चिकित्सा सामग्री र आपत्कालीन उपकरण पठाइँदैछ।यसअघि नै ईयूले अगस्ट २८ मा २० लाख युरो बराबरको आपत्कालीन मानवीय सहायता घोषणा गरिसकेको थियो। साथै, यस वर्षको सुरुवातमा नेपालमा विपद् पूर्वतयारीका लागि करिब ३० लाख युरो विनियोजन गरिएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।