शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरण हुन सकेन, संस्थागत स्मृतिको अभाव : सुवेदी

काठमाडौं , भदौ २०। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताउनुभएको छ ।सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिकरण कार्यक्रममा बोल्दै सुवेदीले २०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलनको २०८३ सालसम्म आइपुग्दा पर्याप्त अभिलेखीकरण हुन नसकेको बताउनुभयो । उहाले संगठनहरू भने २००७ सालदेखि नै गठन हुन थालेको उल्लेख गर्दै शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु दुःखद् भएको बताउनुभयो । उहाले भने,‘२०३६ सालदेखि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन २०८३ सालसम्म आइपुग्दा पनि पर्याप्त रूपमा अभिलेखीकरण हुन सकेन । संगठनहरू २००७ सालदेखि नै सुरु भएका थिए, तर संस्थागत स्मृति हामीसँग रहेनछ । शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न नसक्नु सबैका लागि पीडाको कुरा हो ।’

उहाले शिक्षक आन्दोलनको इतिहास तयार पार्ने क्रममा आफूले विभिन्न स्रोत तथा सामग्रीको अध्ययन गरेको जानकारी दिनुभयो । उहाका अनुसार कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा पुगेर गोरखापत्रलगायत पुराना पत्रपत्रिका अध्ययन गर्नुका साथै विभिन्न संघसंस्था तथा संगठनका स्मारिका र अन्य सामग्रीहरू खोजी गरिएको थियो ।पुराना शिक्षक नेताहरूसँग व्यक्तिगत रूपमा अन्तर्वार्ता लिएर त्यसलाई रेकर्डसमेत गरिएको उहाले बताउनुभयो । इतिहास लेखनका क्रममा आफूले आधिकारिक रूपमा प्रमाणित तथ्यलाई मात्र पुस्तकमा समावेश गरेको सुवेदीको भनाइ छ ।

उहाले भन्नुभयो , ‘त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो संस्करणमा अवश्य समावेश गर्नेछौँ ।’सुवेदीले इतिहास लेख्दा सकारात्मक र नकारात्मक दुवै पक्ष समेट्नुपर्ने बताउनुभयो । सही सूचना प्रस्तुत नगर्दा इतिहासप्रति अन्याय हुने भन्दै उहाले  व्यक्तिको प्रतिष्ठामा सकेसम्म कम आँच आउने गरी तथ्य प्रस्तुत गर्न आफू सचेत रहेको बताउनुभयो । कार्यक्रममा उहाले शिक्षक आन्दोलनमा नेतृत्वको अडान र सक्रियतासँगै बौद्धिक पक्षलाई पनि आफूले महत्त्व दिने गरेको बताउनुभयो । उहाले शिक्षक आन्दोलनमा आफूले भेटेका नेतृत्वमध्ये केशव दाइको बौद्धिक पक्ष सबैभन्दा बलियो रहेको धारणा व्यक्त गर्नुभयो ।उहाले  शिक्षक आन्दोलनको इतिहासलाई आगामी दिनमा थप परिष्कृत र समृद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुस्तक प्रकाशनपछि प्राप्त हुने सुझाव, छुटेका तथ्य तथा प्रमाणित सामग्रीलाई आगामी संस्करणमा समेट्ने उहाको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अरबी हत्या प्रकरण : साढे दुई वर्षसम्म प्रहरीले किन लिएन जाहेरी?

काठमाडौं , भदौ २०। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार

शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरण हुन सकेन, संस्थागत स्मृतिको अभाव : सुवेदी

काठमाडौं , भदौ २०। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताउनुभएको छ ।सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको