अरबी हत्या प्रकरण : साढे दुई वर्षसम्म प्रहरीले किन लिएन जाहेरी?

काठमाडौं , भदौ २०। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानेको जनाएकी छन् ।आमा रावियाका अनुसार छोराको हत्या भएको साढे २ वर्ष पुग्दासमेत पटकपटक घटनमा संलग्न भनिएका सदन भन्ने मेराज खानमाथि मुद्धा चलाउन जहेरीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पुग्दासमेत प्रहरीले जहेरी नलिएको गुनासो गरेकी छन् ।

घटना घटेलगत्तै घटनास्थलमा रगतले लत्पतिएको अवस्थामा मेराज खानको सर्ट फेला परेको र सोही आधारमा आफूहरुले जहेरी लिएर जाँदा पनि प्रहरीले प्रमाण नपुगेको दाबी गर्दै जाहेरी लिन इन्कार गरेको रावियाको कथन छ । ‘दुई वर्षसम्म प्रहरीले ‘घटनमा अप्जल पठान भन्ने व्यक्तिको सम्लग्नता देखिएको छ, जबसम्म उनी सम्पर्कमा आउँदैनन् तबसम्म जाहेरी लिन मिल्दैन’ प्रहरीले भनिरह्यो’ रावियाले भनिन् ।अप्जललाई भारतबाट दुई वर्षपछि पक्रेर ल्याएपछि उनको नाममा मात्रै जाहेरी ल्याउन माग गरेको तर आफूहरुले मेराजको नाममा पनि जाहेरी दिन खोज्दा ठोस प्रमाणको माग गरेको रावियाले बताइन् ।मृतक आरबी खाँका काका फज्लुर रहेमानले आरबीको निकै नै अमानवीय, विभत्सतरिकाले हात्या गरिएको भन्दै घटनाको सत्यतत्य छानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

मृतको घाँटी रेटेको, भूडीबाट आन्द्रा झिकेको र आँखा निकालेर निकै नै क्रुर हत्या भएको विषयमा प्रहरीले मेराजको नाममा जहेरी नलिनुले प्रहरीमाथि नै गम्भीर आशंका रहेको काका रहेमानको भनाई छ ।२०८० चैतमा घटना भएको दुई वर्षपछि पीडितले भन्दा पनि प्रहरीले आफ्नो माग अनुसार अप्जलको नाममा जाहेरी दिन बाध्य परि दर्ता गरेको र त्यसपछि अप्जललाई अदालत उपस्थित गराएकोे रहेमानले जानकारी दिए । बाँके जिल्ला अदालतले अनुसन्धानका लागि पूर्पक्ष थुनामा पठाए पनि उच्च अदालत नेपालगञ्ज तुल्सीपुर इजलासले ठोस प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्न आदेश दिनुले थप पीडा भएको रहेमानको कथन छ ।उनले यसअघिको सरकारले आफूहरुलई न्याय नदिए पनि वर्तमान बालेन सरकारले न्याय दिने आशामा काठमाडौंसम्म पुगेको उनले बताए ।पत्रकार आशिष मल्ल ठकुरीले ०८० चैत १७ गते राति घटना भएको भोलिपल्टै सोही ठाउँकै आप्जल पठान भागेर भारत गएको तथा अर्का घटनामा संलग्न भनिएका मेराज खानको घटना स्थलमा कपडा भेटिएपछि उनीपनि भागेको हुँदा कानुनत उनीमाथिसमेत अनुसन्धान गरिनुपर्ने जिकिर गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक