खोजीमा कठिनाइ

रसुवागढी हाइड्रोपावरका ९३ कामदार १० दिन देखि बेपत्ता

काठमाडौं,२१ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन ।

 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उहाँकी धर्मपत्नी, २ जना दैनिक ज्यालादारी कामदार र ३९ जना ठेकेदारतर्फका जनशक्ति रहेका छन् । बाढीको समयमा आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भए पनि अन्य ठूलो संख्याका कर्मचारीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

 

बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ । बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ । विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ ।

 

घटना लगत्तै कम्पनीले हेलिकप्टर र नेपाली सेनाको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरेको थियो । बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र निजी क्षेत्रका उद्धार टोलीहरू परिचालन गरिएका छन् । उद्धारका लागि फिष्टेल एयरको हेलिकप्टरबाट टोली पठाइए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्यमा बाधा पुगेको छ । कम्पनीले काठमाडौँस्थित कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी पीडित परिवारलाई जानकारी दिने व्यवस्था मिलाएको छ ।

 

उद्धारका लागि ‘नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन’ र ‘हिमालय समिट क्लब’ का दक्ष रक क्लाइम्बरहरू समेत परिचालन गरिएको छ । यद्यपि, पावरहाउसभित्र जमेको ठूलो मात्राको लेदो र ढुङ्गाका कारण उपकरणहरू भित्र लैजान समस्या देखिएको छ । नेपाली सेनाको रेस्क्यु टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि कुनै पनि कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन ।

 

कम्पनीले ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ । बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारीहरू सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता र आक्रोश बढ्दै गएको छ । कम्पनीले उपलब्ध सबै स्रोत र साधन प्रयोग गरी अन्तिम सम्भावना भएसम्म खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक