भोटेकोशी बाढी

१,३४१ शव फेला, ४ हजार भन्दा बढी अझै बेपत्ता

काठमाडौँ ,२१ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आइतबार बिहान ७ः४० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ८१२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीमा परेका तथा प्रभावित भएका ९ हजार १५१ जनाको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ३७ जनाको व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये जमिनमुनि सुरक्षित रूपमा राखिएका शवसमेत रहेका छन ।प्रहरीको विवरणअनुसार फेला परेका शवमा नेपाली र विदेशी नागरिक दुवै छन् । स्वदेशीतर्फ ५२३ पुरुष, ३२५ महिला तथा पहिचान खुल्न बाँकी वा अन्य वर्गमा रहेका शवसमेत गरी ठूलो संख्यामा शव फेला परेका छन् । विदेशी नागरिकतर्फ पनि पुरुष, महिला र अन्य गरी शव फेला परेको प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा फेला परेका शव तथा मानव अंगको पहिचान गर्ने काम समेत भइरहेको छ । प्रहरीले १ हजार २८७ वटा पहिचान नभएका शव तथा मानव अंगको विवरण राखेको जनाएको छ । त्यस्तै डीएनए परीक्षणका लागि १ हजार २८६ जनाको नमुना संकलन गरिएको छ ।

 

बाढीपछि ४ हजार ४४ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ । सम्पर्कविहीन हुनेमा नेपाली तथा विदेशी नागरिक छन ।प्रहरीले सम्पर्कविहीनहरूको खोजीका लागि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राखेको जनाएको छ । बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएका कारण कतिपय क्षेत्रमा उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको छ ।बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ९ हजार १५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ६ हजार ३१९ पुरुष र २ हजार ७७८ महिला छन् । ५४ जनाको लिंग विवरण नखुलेको प्रहरीले जनाएको छ ।

 

उद्धारपछि प्रभावित तथा विस्थापितलाई सुरक्षित स्थानमा राख्ने काम समेत भइरहेको छ । पछिल्लो विवरणअनुसार विभिन्न होल्डिङ सेन्टरमा ३ हजार ५८ जना रहेका छन ।बाढीपछि फेला परेका शवको पहिचानका लागि डीएनए संकलनको काम अघि बढाइएको छ । प्रहरीले मृतकका आफन्तबाट समेत डीएनए नमुना संकलन गरिरहेको जनाएको छ । प्रहरीको विवरणअनुसार मृतकका आफन्तबाट १ हजार १८६ जनाको डीएनए नमुना संकलन गरिएको छ । फेला परेका शवको पहिचान गरी आफन्तलाई बुझाउने प्रक्रिया जारी छ ।

 

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत तथा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले ७ हजार ८१२ जना जनशक्ति परिचालन गरेको छ ।प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । हालसम्म ११७ वटा जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसमा ४२ हजार ३६१ जना सहभागी भएको विवरणमा उल्लेख छ । भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिममा समेत ठूलो मानवीय क्षति भएको छ । प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी, शवको व्यवस्थापन तथा पहिचान र विस्थापितको व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्न मन्त्रालय गम्भीर छ : मन्त्री यादव

काठमाडौं,२२ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भएको छ। सिर्सिया नदीमा भएको

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री थापा मगर

काठमाडौं ,२२ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार

बाढीपीडितको राहतका लागि कांग्रेसद्वारा प्रधानमन्त्री कोषमा एक करोड सहयोग

काठमाडौं ,२२ भदौ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनको लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु