अमेरिकाद्वारा इरानका तीन तेल ट्यांकर ध्वस्त, खाडी क्षेत्रमा सैन्य तनाव चर्कियो

काठमाडौं ,भदौ २१ । संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले गस्तीमा रहेका अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको थियो । अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ ।

अमेरिकी सेनाले एम÷टी डाउनी लाई खार्ग टापुनजिक, एम÷टी स्टार्क–१ लाई जास्कनजिक स्थायी रूपमा निष्क्रिय बनाइएको तथा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबाइएको जनाएको छ । आक्रमणअघि चालक दललाई जहाज छाड्न निर्देशन दिइएको सेन्ट्रल कमाण्डले उल्लेख गरेको छ ।अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले अमेरिकी नौसेनालाई निशाना बनाए त्यसका तेल ट्यांकरहरू नष्ट गरिने चेतावनी दिएका छन् । ‘यदि इरानले अमेरिकी जहाजमाथि गोली चलायो भने हामी उसका तेल ट्यांकरहरू डुबाइदिन्छौ ं। त्यसो हुन नदिन उनीहरूले अमेरिकी नौसेनामाथि आक्रमण नगरे पुग्छ,‘उनले एक्समा लेखेका छन् ।

सेन्ट्रल कमाण्डका कमाण्डर ब्राड कुपरले ती तीन ट्यांकर आइआरजीसी र त्यससँग आबद्ध क्षेत्रीय समूहहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने बहु–अर्ब डलरको ‘छायाँ सञ्जाल’ को हिस्सा रहेको दाबी गरे ।यता इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) को उल्लंघन, युद्ध अपराध तथा अन्तर्राष्ट्रिय शान्ति, समुद्री व्यापार र सुरक्षामाथिको खतरा भएको जनाएको छ ।मन्त्रालयले यसलाई इरानविरुद्ध जारी अमेरिकी सैन्य आक्रामकता, नौसैनिक नाकाबन्दी र आर्थिक युद्धको निरन्तरता भएको आरोप पनि लगाएको छ । अमेरिका र इरानबीचको यो घटनाले खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक