हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो रसुवामा

काठमान्डौ ,२१ भदौ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।

मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएउनु भएको छ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटका नाकामा तस्करीको आरोप, सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न

रौतहट , २१ भदौ । रौतहटका सीमा नाकामा पछिल्ला दिनमा तस्करी बढेको आरोपसँगै सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ। भदौ लागेसँगै नयाँ गणपतिका रूपमा आएका

नयां नेतृत्व चयनको दौडमा किरात राई यायोक्खा झापा

झापा बिर्तामोड ,२१ भदौ । झापाको बिर्तामोडमा किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन

४० वर्षको उमेरमा पनि मोड्रिचको खेल जीवन निरन्तर, नेसन्स लिग खेल्ने घोषणा

काठमाडौं , भदौ २१। क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गर्नुभयो । फिफा विश्वकपपछि

भदौ २२ देखि आईपीओ निष्कासन गर्दै बेनी हाइड्रोपावर

काठमाडौं ,२१ भदौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार

विपद् पुनर्निर्माण र जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्न नेपाल र कोरिया सहमत

काठमाडौं , भदौ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि सुरक्षित जग्गा खोजिँदै

काठमान्डौ,२१ भदौ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि सरकारले सुरक्षित स्थानमा जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला