ऋण असुलीका नाममा यातना र दुर्व्यवहार गरे सधै प्रशासनमा उजुरी 

 काठमान्डौ ,२१ भदौ । ऋण असुली गर्ने क्रममा ऋणीलाई धम्की दिने, यातना दिने वा घरबाट सामान उठाएर लैजानेजस्ता गतिविधि भए जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने भएको छ।

गृह मन्त्रालयले यस्ता गतिविधिलाई गैरकानुनी भन्दै पीडितले उजुरी गरेमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।

मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भदौ १५ गते प्राप्त निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको जनाएको छ।

मन्त्रालयका अनुसार ऋणको किस्ता नतिरेको भन्दै संस्थाका कर्मचारीले ऋणीको घरमै बसेर दबाब दिने, धरपकड गर्ने, गालीगलौज तथा बेइज्जती गर्ने वा जबर्जस्ती घरबाट जिन्सी सामान लैजाने कार्य गैरकानुनी हुन्।

यस्ता कार्यबाट पीडित भएका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्। उजुरीका आधारमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटका नाकामा तस्करीको आरोप, सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न

रौतहट , २१ भदौ । रौतहटका सीमा नाकामा पछिल्ला दिनमा तस्करी बढेको आरोपसँगै सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ। भदौ लागेसँगै नयाँ गणपतिका रूपमा आएका

नयां नेतृत्व चयनको दौडमा किरात राई यायोक्खा झापा

झापा बिर्तामोड ,२१ भदौ । झापाको बिर्तामोडमा किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन

४० वर्षको उमेरमा पनि मोड्रिचको खेल जीवन निरन्तर, नेसन्स लिग खेल्ने घोषणा

काठमाडौं , भदौ २१। क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गर्नुभयो । फिफा विश्वकपपछि

भदौ २२ देखि आईपीओ निष्कासन गर्दै बेनी हाइड्रोपावर

काठमाडौं ,२१ भदौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार

विपद् पुनर्निर्माण र जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्न नेपाल र कोरिया सहमत

काठमाडौं , भदौ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि सुरक्षित जग्गा खोजिँदै

काठमान्डौ,२१ भदौ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि सरकारले सुरक्षित स्थानमा जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला