काठमान्डौ ,२१ भदौ । गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य चेकजाँच गराउनु भएको छ । गृहमन्त्री गुरुङले केही दिनदेखि रुघाखोकी लागेको र खुट्टामा समस्या देखिएकाले स्वास्थ्य चेकजाँच गराउनु भएको हो ।
गुरुङका स्वकीय सचिव जेम्स कार्कीका अनुसार उहाँको खुट्टामा समस्या देखिएको हो । उहाँले भने( ‘तीन चार दिनदेखि रुघाखोकी लागेको थियो । खुट्टामा समस्या थियो ।
अस्पतालमा घाइतेलाई भेट्न जाँदा चेकजाँच गराउनुभएको थियो । चेकजाँचपछि अस्पतालबाट फर्किसक्नुभएको छ ।





