सर्लाहीमा चोरीको गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

सर्लाही,२२ भदौ । सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ ।

 

अनुसन्धानका क्रममा प्रहरीले चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ । स्थानीयवासीको अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाउँदै आएका छन । यस्तो कारोबारबाट उनले ठुलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबी समेत छ ।

 

यद्यपि, यी आरोप पुष्टि हुन बाँकी छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बरामद गरेका गरगहनाको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने सम्बन्धित पीडितलाई प्रहरीसमक्ष जाहेरी दिन आग्रह गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश गौतमका अनुसार बरामद गरगहना आफ्नो भएको दाबी गर्दै सम्बन्धित व्यक्तिले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक