सप्तकोशीमा रातो बत्ती बालियो

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ ।सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जनाएको छ । बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका मुख्य ५२ ढोका र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।

 

पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनी स्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ । प्रहरीले सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ । जोखिमयुक्त तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन तथा नदी किनारका गतिविधि नगर्न समेत अनुरोध गरिएको छ । लगातारको वर्षासँगै सप्तकोशीको बहाव अझ बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु

भूतपूर्व सैनिक संगठन दमकले गर्याे बाढीपीडितका लागि १ लाख २५ हजार आर्थीक सहयोग

झापा दमक ,२२ भदौ । भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमक, झापा ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि रु .१ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय पत्रकारद्वारा प्रभावित क्षेत्रको अवलोकन

एजेन्सी,२२ भदौ । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन।उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट ,२२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नु भएको छ