सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्न मन्त्रालय गम्भीर छ : मन्त्री यादव

काठमाडौं,२२ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भएको छ। सिर्सिया नदीमा भएको औद्योगिक प्रदूषण नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै मन्त्री यादवले वीरगञ्ज–बारा औद्योगिक करिडोरमा रहेका उद्योगका कारण सिर्सिया नदीको प्रदूषण बढ्दै गएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘पछिल्लो समय सिमरा–वीरगञ्ज करिडोरमा रहेका दर्जनौँ उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी दायरा उल्लंघन गरी सिर्सिया खोलालाई प्रदूषित गरेकाले यस क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ । यस क्षेत्रका किसानहरूले पशुपालन गरेका गाई, भैँसीलगायत अन्य पशु तथा जीवजन्तुलाई मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने लाखौँ जनजीवन समेत प्रभावित भएको छ । सो सम्बन्धमा राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सचेत गराउँदा पनि हालसम्म कुनै किसिमको सुधार नदेखिएको र यस क्षेत्रका जनताको निरन्तर गुनासो आइरहेकोले यस सम्बन्धमा मन्त्रालय गम्भीर भएको छ ।’

 

उहाँले सिर्सिया नदी वीरगञ्जको व्यापारिक क्षेत्रसँगै पर्साका सिर्सिया, राजपुर, रामगढवा, रामवन, अशोकबाटिका, विन्दवासिनी लगायत दर्जनौँ गाउँका लागि जीवनरेखाका रूपमा रहेको उल्लेख गर्नु भयो। मन्त्री यादवले सिमरा–वीरगञ्ज करिडोरमा सञ्चालित दर्जनौँ उद्योगले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गर्दै सिर्सिया नदीलाई प्रदूषित बनाएको बताउनु भयो। नदी प्रदूषणका कारण यस क्षेत्रका किसानले पाल्दै आएका गाई, भैँसी लगायत पशु तथा अन्य जीवजन्तु प्रभावित हुनुका साथै नदी आसपास बसोबास गर्ने लाखौँ नागरिकको जनजीवनमा समेत असर परेको उहाँको भनाइ छ।

 

राज्यका सम्बन्धित निकायले पटक–पटक सचेत गराउँदा पनि नदी प्रदूषण नियन्त्रणमा अपेक्षित सुधार नदेखिएको भन्दै मन्त्री यादवले स्थानीयवासीबाट निरन्तर गुनासो आइरहेको बताउनु भयो। उहाँले सिर्सिया नदी प्रदूषणको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्न मन्त्रालय गम्भीर छ : मन्त्री यादव

काठमाडौं,२२ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भएको छ। सिर्सिया नदीमा भएको

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री थापा मगर

काठमाडौं ,२२ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार

बाढीपीडितको राहतका लागि कांग्रेसद्वारा प्रधानमन्त्री कोषमा एक करोड सहयोग

काठमाडौं ,२२ भदौ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनको लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु