रसुवामा बाढी आएको १३ दिनपछि दमकमा गरियो दीप प्रज्वलन

दमक, २२ भदौ। भोटेकोशी नदीमा विनाशकारी बाढी आएको १३ दिनपछि झापाको दमकमा मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बृहत् दीप प्रज्वलन गरिएको छ।
वैदिक सनातन धर्म संरक्षण समिति नेपालको संयोजकत्वमा सम्पन्न दीप प्रज्वलनमा दमक सहित आसपासका क्षेत्रबाट सयौँ नागरिकको स्वतःस्फूर्त सहभागिता रहेको थियो।वैदिक सनातन धर्मका अभियन्ता तथा १८ महापुराणका प्रवक्ता पण्डित कुवेर सुवेदी सहितका धार्मिक व्यक्तित्वको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

यसअघि पनि समितिले दमक–६ स्थित पशुपति मन्दिरमा गीता पाठ तथा ४० गुरुबाट आवृत्ति श्रीमद्भागवत मूल पाठ आयोजना गरेको थियो।देशमा परेको संकटका कारण बाढी आएको १३ दिनसम्म पनि धेरै परिवारले घरमा दीप प्रज्वलन गर्न नसकेको अवस्थालाई स्मरण गर्दै सामूहिक रूपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको पण्डित कुवेर सुवेदीले जानकारी दिनुभयो।

कार्यक्रमका आयोजक वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय उपाध्यक्ष पण्डित विवेक गुरागाईंका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका, बेपत्ता भएका तथा घाइते भएकाहरूको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँको समेत उपस्थिति थियो। उहाँले मुलुक संकटमा रहेका बेला दीप प्रज्वलन र गीता पाठजस्ता कार्यक्रमले नेपालीलाई एकताबद्ध हुन तथा आपसी आत्मीयता बढाउन सकारात्मक सन्देश दिने बताउनुभयो।

कार्यक्रममा शिवसताक्षी नगरपालिका देखि मोरङको पथरी शनिश्चरे नगरपालिकासम्मका सनातन गुरुहरूको उल्लेख्य सहभागिता रहेको थियो।सामूहिक प्रार्थना तथा आराधनासहित बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै बेपत्ता भएकाहरू चाँडै भेटिऊन् र घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने कामनासमेत गरिएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध