३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार लाख ५० हजार लिटर क्षमताको नवनिर्मित ओभरहेड खानेपानी ट्याङ्कीको आज बिहान उद्घाटन गर्दै झापा क्षेत्र नं १ का निवर्तमान सांसदसमेत रहनु भएको शर्माले त्यस्तो दावी गर्नु भएको हो। ।केही भइरहेको छैन नेपालमा, नेपाल बनिरहेको छैन, नेपाल बन्दैन यो खालको मनोविज्ञान सबैसँग रहेको बताउँदै उहाँले यो खानेपानी आयोजना स्थलमा उभिएर आजभन्दा ३०र ३५ वर्ष अघिको धुलावारी र अहिलेको धुलावारीलाई एकपटक फर्केर हेर्न आग्रह गर्नु भयो । कालोपत्रे, सञ्चारसेवा, विद्युत, शिक्षा, स्वास्थ्यलगायत ३०र३५ वर्ष अघि कस्तो थियो ? उहाँले प्रश्न गर्नु भयो ।

 

‘‘केही भएको छैन होइन धेरै भएको छ’उहाँले भन्नु भयो, ‘केही न केही त रुपान्तरण भएको छ नि तर, हरेकले यी केही नदेख्ने अनि भएन , भएन मात्र भन्ने अनि कसरी हुन्छ विकास ?उहाँले थप्नु भयो । तर, यो समाजमा रहेका हरेक मान्छे, वल्लोघर पल्लोघर, कर्मचारी, नेता, व्यवसायी सबैलाई हेर्ने हो भने सबका सबसँग सबै दुःखी र गुनासो र असन्तुष्टी रहेको उहाँको तर्क थियो ।कार्यक्रमका प्रमुख अतिथि शर्माले जापानका नागरिकहरुले आफ्‌नो गाँस कटाएर जम्मा गरेको पैसाबाट नेपालका धेरै ठाउँमा खानेपानी पुगेको भन्दैं जापानका नागरिकहरुप्रति हार्दिक आभार प्रकट गर्नु भयो । यो कार्य सवैजनाको साझा प्रयासले मात्र सम्भव भएको वरिष्ठ उपाध्यक्ष शर्माको भनाई थियो । सरकार, राजनीतिक दलहरुको प्रयास, दाताको साथ र सहयोग,निर्माण व्यवसायीको भूमिका, हरेक नागरिकले तिरेको कर प्रयोग भएकै कारण यो आयोजना सम्भव भएको उहाँको भनाई थियो ।

 

धुलावारी खानेपानी उपभोक्ता समितिको २६ औँ वार्षिक साधारण सभाका अवसरमा शर्माले उक्त आयोजना उद्घाटन गर्नु भएको थियो ।नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगरको सहलगानीमा निर्माण भएको धुलावारी खानेपानी आयोजनाको मूल्य अभिवृद्धि कर तथा पीएससहित कुल १० करोड ४० लाख ९९ हजार छ सय ४७ रुपैयाँ ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंका पारस लामिछानेका अनुसार मूल्य अभिवृद्धि कर तथा पीएससहित कुल १० करोड २७ लाख ६२ हजार नौ सय ७६ रुपैयाँमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान सहयोग तथा समितिका तर्फबाट ३० प्रतिशत रकम लागत सहभागिता रहेकोमा १० प्रतिशत नगद र बाकी २० प्रतिशत मुख्य तथा शाखा पाइपहरु विछ्याउने, खन्ने, पुर्ने कार्यमा सहभागिता रहेको संस्थाले जनाएको छ ।

 

ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंसँग २०८२ साल जेठ १६ गते उक्त आयोजना सम्पन्न गर्नका लागि सम्झौता भई २०८२ साल असार २ गते प्रतिनिधि सभाका तात्कालीन सांसद विश्वप्रकाश शर्माले नै शिलान्यास गर्नु भएको थियो । २०८४ साल मंसिर ११ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि एक वर्षअघि नै काम सम्पन्न भएको हो । उक्त आयोजना सञ्चालनमा आएलगत्तै मेचीनगर नगरपालिकाका ९,१०, ११, १४ र १५ नम्बर वडाका तीन हजार चारसय २४ घरधुरी लाभान्वित तथा १५ हजार ८१ जनालाई प्रत्यक्ष फाइदा पुग्ने संस्थाले जनाएको छ ।

 

उक्त आयोजनामा खानेपानी प्रशोधन प्रणाली २५ लिटर प्रतिसेकेण्ड रहेको छ । निजी धाराको आपूर्ति तथा जडान, फायर हाइडे्रन्टको आपूर्ति तथा जडान, कम्पाउन्ड वाल तथा तारवार निर्माण कार्य, अपरेटर तथा सुरक्षा गार्ड आवास भवन निर्माण, ट्रान्सफर्मर, भोल्टेज, स्टेबलाइजर तथा डिजेल जेनेरेटरसहितका विद्युतीय उपकरणहरुको आपूर्ति तथा जडान, इलेक्ट्रो –मेकानिकल उपकरणहरुको आपूर्ति तथा जडान २० एचपी क्षमताको सबमर्सिबल पम्प, डीप ट्युबल ड्रिलिङ तथा जडानलगायतका कार्य उक्त आयोजनमा सम्पन्न भएका छन् ।

 

संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विशिष्ट अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, , नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, निर्माण कम्पनी ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंका पारस लामिछानेलगायतले बोल्नु भएको थियो । संस्थाका सचिव उमानाथ (उमेश) सुवेदीले सञ्चालन र संस्थाका उपाध्यक्ष हिमालयन आङ्गदम्वेले शब्दमार्फत स्वागत गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी