दुबई , भदौ २३ । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबिच दुवैमा विशेष शिष्टाचार भेट भएको छ । भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबिच विशेष भेट भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादव रहेका थिए भने विशिष्ट अतिथिमा रिजवान रहनुभएको थियो । उक्त समारोहमा सरिक हुन् मुख्यमन्त्री यादवले नै रिजवानलाई विशेष आमन्त्रण पठाउनुभएको थियो । यसरी प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरबाटै आमन्त्रण गरिने रिजवान एक विशिष्ट व्यक्ति रहनुभएको छ ।
उहाले युएईमा रहेर मध्यपूर्वका देशहरूको भूराजनीतिक गतिविधिमा टेवा पु¥याउँदै आएको भन्दै मुख्यमन्त्री यादवले उच्च तहको निमन्त्रणा गर्नुभएको थियो ।समारोहमा रिजवानले नेपालले खेप्नु परेको बाढीको पीडालाई पनि उठाउनुभएको थियो । उहाले जलवायु परिवर्तनका कारण नेपालले ठुलो संकट खेपेको र विश्वका सबै मुलुकलाई सहयोगका लागि आह्वान गर्नुभएको थियो । उहालेउनले जलवायु परिवर्तनको मारमा सबैभन्दा धेरै नेपाल परेको र यसको असर विश्वव्यापी नै रहेकाले समस्या समाधानका लागि विश्व समुदाय एक ठाउँमा आउनु पर्ने धारणा राख्नुभएको थियो ।नेपालको सुनसरी घर भएका रिजवान दक्षिण एसिया, भारत, अरबलगायत मध्य पूर्वको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय छन् । रिजवानको मुख्यमन्त्री यादवसँग यो युएईमा भएको दोस्रो उच्चस्तरीय भेट हो ।
उक्त समारोहमा भारत हाल बलियो आर्थिक वृद्धि, रूपान्तरणकारी नीतिगत सुधार, विश्व स्तरीय पूर्वाधार निर्माण तथा नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत् छलफल भएको थियो ।यस्तै, मुख्यमन्त्री यादवले वर्तमान समयमा भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले वैदेशिक लगानी र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि विश्वभरका लगानीकर्तालाई ठुलो अवसर प्रदान गर्ने धारणा राख्नुभएको थियो । उहाले मध्य प्रदेश वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताउनुभयो ।प्रचुर प्राकृतिक स्रोत९साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार, विस्तारिँदो बजार, प्रगतिशील नीति र रणनीतिक भौगोलिक सञ्जालका कारण मध्य प्रदेश विश्वव्यापी लगानीकर्ताका लागि उपयुक्त रहेको उहाको भनाइ थियो ।










