दमक इलाका प्रशासनले निःशुल्क फाराम भरिदिने सूचना किन जारी गर्‍यो?

फाराम भर्ने विषयमा समस्या भए कार्यालयमै आएर कर्मचारीको सहयोग लिन सकिने

 

दमक, २४ भदौ । इलाका प्रशासन कार्यालय दमकले बुधबार बिहान कार्यालय समय सुरु हुनासाथ एउटा सूचना जारी गर्‍यो। सूचनामा राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि निःशुल्क फाराम भरिदिने व्यवस्था गरिएको उल्लेख छ।

 

सूचना जारी भएसँगै राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न सेवाग्राहीले सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अन्त्य भएको छ। इलाका प्रशासन कार्यालय दमकको छेउछाउमा फाराम भरिदिने भन्दै खुलेका सेवा केन्द्रबाट शुल्क तिरेर फाराम भर्नुपर्ने अवस्थासमेत अब अन्त्य भएको कार्यालयले जनाएको छ।

 

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अब उप्रान्त अनलाइन फाराम भर्नका लागि बाहिरका अनधिकृत व्यक्तिहरूलाई कुनै शुल्क बुझाउनु पर्ने छैन।’

 

इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले यो व्यवस्था बुधबारदेखि मात्रै सुरु गरिएको नभई कार्यालयले यसअघि पनि निःशुल्क फाराम भरिदिने काम गर्दै आएको बताउनुभयो। तर, सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले बुधबार सूचना जारी गरेर यसबारे औपचारिक जानकारी गराइएको उहाँको भनाइ छ।

 

उहाँले भन्नुभयो, हामीले गर्दै पनि आएका थियौँ। आज चाहिँ सूचना जारी पनि गरौँ न भन्ने भएर गरेका हौँ। हामीले दैनिक यो सेवाको सुविधा निःशुल्क गरिरहेका छौँ।’

 

अनलाइन फाराम भर्न सेवाग्राहीलाई कुनै अतिरिक्त खर्च नलाग्ने उहाँले स्पष्ट पार्नुभयो। फाराम भर्ने विषयमा समस्या भए कार्यालयमै आएर कर्मचारीको सहयोग लिन सकिने वा सेवाग्राही आफैँले पनि फाराम भरेर ल्याउन सक्ने कार्यालय प्रमुख नेपालको भनाइ छ।

 

यसमा केही खर्च लाग्ने होइन। अनलाइन फाराम भर्ने कुरा त्यहाँ भनेको अनुसार भर्ने हो। सेवाग्राही आफैँले पनि भरेर ल्याउन सक्नुहुन्छ। यो त्यस्तो गाह्रो काम होइन,’उहाँले भन्नुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको