काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताउनु भयो ।
आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको बताउनु भयो । उहाँले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्म आफू प्रत्यक्ष रूपमा जोडिएको बताउनु भयो ।यादवले युवाहरू आखिर के माग लिएर सडकमा उत्रिएका थिए तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताउनु भयो ।‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान प¥यो । हाम्रो साथीहरू शुसानको लागि सडकमा उठ्डा बन्दुकको नालको निसानमा परेर ढले,’ उहाँले भन्नु भयो, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ ।’
उहाँले आन्दोलनकारीको माग सत्ता प्राप्ति नभएको भन्दै आफूहरू कसैको भाग खोस्न सडकमा नगएको बताउनु भयो।









