इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ । उहाँले नेपालको इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्ने भन्दै यसै दिन धेरै नागरिक हताहत हुनुका साथै कैयौँ पत्रकारसमेत समस्यामा परेको बताउनु भयो। राज्यका विभिन्न निकायले जेन–जी आन्दोलनलाई संस्थागत गर्न खोज्नु गलत भएको उहाँको भनाइ छ ।

लामाले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवा तथा बालबालिकाप्रति भने आफूहरूको पूर्ण सम्मान रहेको स्पष्ट पार्नु भयो। तर शहीदका नाममा सालिक बनाउने तथा देखावटी सम्मान गर्नेभन्दा उनीहरूका परिवारको अवस्था र पीडालाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो। ‘शहीदको नाममा सालिक बन्दैमा वास्तविक सम्मान हुँदैन,’ भन्दै उहाँले शहीद परिवारले न्याय नपाएको गुनासो गरिरहेकोतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिनु भयो ।

उहाँले शहीद परिवारलाई उचित न्याय, राहत र आत्मसम्मान दिलाउनु राज्यको पहिलो दायित्व भएको बताउनु भयो ।सालिक निर्माण गरेर शहीद परिवारको पीडा र असन्तुष्टि सम्बोधन नहुने भन्दै लामाले यस्तो कार्यले उल्टै शहीदहरूप्रति राज्यकै अपमान हुने टिप्पणी गर्नुभयो । शहीद परिवारको वास्तविक आवश्यकता र न्यायको विषयलाई प्राथमिकतामा राखेर राज्य अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र

अनुहार नमिलेपछि सातदोबाटोको जेनजी सहिद सालिक उद्घाटन स्थगित

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको

इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको