अनुहार नमिलेपछि सातदोबाटोको जेनजी सहिद सालिक उद्घाटन स्थगित

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको बताउनु भयो।सालिकको अनुहार सहिदका आफन्त तथा परिवारले नमिलेको गुनासो गरेपछि तत्काल उद्घाटन गर्नुभन्दा आवश्यक सुधार गरेर मात्रै अनावरण गर्नु उपयुक्त हुने उहाँको भनाइ छ।बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले तत्कालीन सरकारले जेनजी सहिदहरूको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको र निजी क्षेत्रको सहयोगमा निर्माण प्रक्रिया अघि बढाइएको बताउनु भयो। तत्कालीन मन्त्री बब्लु गुप्ताको सक्रियता तथा आफ्नो सहयोगमा पार्क निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनु भयो।

 

उहाँका अनुसार पार्कको जग खन्नेदेखि संरचना निर्माण र डिजाइन निर्धारणसम्मका करिब ६० प्रतिशत काम यसअघि नै सम्पन्न भइसकेको थियो। तर सहिदका सालिकहरू अन्तिम रूप दिने काम भने बाँकी रहेको उहाँले बताउनु भयो।खरेलले सहिदका परिवार तथा आफन्तको सहमति र सालिकमा सहिदको अनुहार मिल्नु महत्वपूर्ण भएकाले अहिले हतार गर्न नहुने बताउनु भयो।‘सालिक त मिल्नुप¥यो नि, जो सहिद हो भन्ने हिसाबले। त्यसैले अहिले हतार नगरौँ,’ उहाँले भन्नु भयो।उहाँले माघ १६ गते पर्ने सहिद दिवसलाई लक्षित गरेर सालिकको अनुहार मिलाउने तथा पार्कको बाँकी फिनिसिङको काम पूरा गर्न सुझाव दिनु भएको छ। त्यस अवधिमा पार्कलाई थप आकर्षक बनाउँदै जेनजी पार्क तथा सहिद पार्कमा आएको अनुभूति हुने गरी विकास गर्न सकिने उहाँको भनाइ छ।

 

खरेलले पाटनमा निर्माण गरिएको जेनजी सहिद विनोद महर्जनको सालिक उदाहरणीय बनेको उल्लेख गर्दै सातदोबाटोमा निर्माण भइरहेका सालिक पनि त्यस्तै आकर्षक र सहिदको वास्तविक अनुहारसँग मिल्दोजुल्दो बनाउनुपर्ने बताउनु भयो।पार्क निर्माण कुन प्रक्रियामार्फत अघि बढाइएको थियो भन्ने विषयमा भने उहाँले तत्कालीन मन्त्री बब्लु गुप्तालाई नै जानकारी रहेको बताउनु भयो। उहाँले पार्क ठूलो आयोजना नभएको र अधिकांश संरचना तयार भइसकेकाले सालिकको अनुहार मिलाउने तथा केही फिनिसिङको काम गरेपछि पार्क आकर्षक बन्ने दाबी गर्नु भएको छ।ललितपुरमा पार्क निर्माण हुनुको कारणबारे उहाँले ललितपुर आफ्नो निर्वाचन क्षेत्र तथा जिल्ला भएको र स्थानीय तह तथा सम्बन्धित खेलकुद निकायले समेत सदाशयता देखाएकाले पार्क निर्माण सम्भव भएको बताउनु भयो।सहिद पार्क तथा जेनजी सहिदको स्मृतिसँग जोडिएको कार्यक्रममा सहभागी हुने विषयमा उठेको प्रश्नमा खरेलले सहिद सबैका साझा हुने भएकाले श्रद्धाञ्जली तथा स्मरणका कार्यक्रममा जोसुकै सहभागी हुन सक्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राधिका शाक्यको पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक

काठमाडौं ,२४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित

उपहार व्यवस्थापनसम्बन्धी कानून बनाउन र विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न सर्वोच्चको सरकारलाई निर्देश

काठमाडौं ,२४ भदौ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र