वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको १५ औ महाधिवेशनअन्तर्गत आगामी असोज ७ गते हुन लागेको बिर्तामोडको नगर अधिवेशनमा हाल बिर्तामोड वडा नं ६ का वडा सभापति रहेका उहाले आफूलाई योग्य र क्षमतावान उम्मेदवारको रुपमा उभ्याउन लाग्नुभएको हो ।उहाले विगतदेखि नै नगरका १० वटै वडामा पुगेर वडाका प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुसंग मत माग्दै आएका छन् । एन्थ्रोपोलोजीमा मास्टर्स गरेका वनले आफ्नो उम्मेदवारीलाई अत्यन्तै बलियो, प्रभावशाली र तर्कपूर्ण रूपमा अगाडि सार्दै आउनुभएको छ ।मिलनसार , जुझारु र लगनशील स्वभावका वन विकासप्रेमी र युवा सामाजिक अभियन्ताको रुपमा परिचित छन् । उनकै संयोजनमा प्रहरी चौकी बुट्टावारीको आफ्‌नै भवन निर्माण भएको हो । करिव ३० लाख रुपैयाँको लागतमा बनेको प्रहरी चौकीको निर्माण समितिको उहा संयोजक रहनुभएको थियो ।

त्यस्तै बिर्तामोड ५ मा रहेको देवी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर उहाले धेरै योगदान दिनुभएको छ । युवा तथा खेलाडीमाझ लोकप्रिय रहेका उनी झापा जिल्ला लिग च्याम्पियन धाइजन चारआली फुटबल क्लबका संस्थापक अध्यक्ष हुन् । त्यस्तै ग्यालेक्सी फिटनेस बिर्तामोडका पनि संस्थापक अध्यक्ष हुन् । गत वर्ष इलाममा पहिरो जाँदा पहिरोपीडितलाई सहयोग गरेका वन विराट भरत विश्रान्ति , अनारमनी पव्लिक क्याम्पसलगायतका सामाजिक संघ संस्थामा पनि आवद्ध रहनुभएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले हिजो सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन ३ र ४ असोजमा, गाउँ–नगरपालिका अधिवेशन ७ असोजमा र प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गरिनेछ । १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने तालिका यथावत् छ ।कांग्रेसले यसअघि २४ भदौमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका थियो । गत चैतमा ल्याइएको कार्यतालिकामा भने २ भदौदेखि वडा अधिवेशन गर्ने र १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक