भोटेकोशी बाढी: १५औँ दिनसम्म १,३६७ शव फेला, ५,१०० अझै बेपत्ता

काठमाडौं , भदौ २४ । गत भदौ १०मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन, सडक, पुल तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको यस विपत्तिमा हालसम्म १,३६७ जनाको शव फेला परेको छ भने ३५ देशका करिब ६०० विदेशीसहित ५,१०० जना अझै बेपत्ता छन् । मन्त्रालयद्वारा बुधबार अपराह्न अद्यावधिक गरिएको विवरणअनुसार, हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३,६४६ जनाको सकुशल उद्धार गरिएको छ । सुरुङभित्रबाट हालसम्म तीन जनालाई जीवितै निकालिएको छ, जसमा माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरुङबाट एक चिनियाँ नागरिक रहेका छन् । सुरुङभित्र हराइरहेकाहरूको यकिन संख्या पुष्टि नभए पनि खोजी कार्य जारी छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगै भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू परिचालित छन् । साथै, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र अस्ट्रेलियाका खोज तथा उद्धार टोलीहरू पनि आधुनिक उपकरणसहित फिल्डमा खटिएका छन् ।

मैलुङ खोला, माथिल्लो त्रिशूली १, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, रसुवागढी तथा लाङटाङ लगायतका बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा समानान्तर रूपमा खोजी र उद्धार भइरहेको छ ।उद्धार तथा शव पहिचान कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली ब्रिज, डीएनए परीक्षण किट, अन्डरवाटर ड्रोन, पोर्टेबल जेनेरेटर, ठूला पम्प तथा सुरुङ उद्धार सुट लगायतका सामग्री माग गरेको छ । गल्छी–त्रिशूली सडक खण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिजका १५ वटा बे जडान भइसकेको र बाँकी चार वटाको काम तीव्र गतिमा भइरहेको छ । नेपाली सेनाले ढुङ्गे बुद्ध मन्दिर तलबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटरको झोलुङ्गे पुल निर्माण थालेको छ भने सडक खुलाउन विभिन्न स्थानमा उपकरणहरू परिचालन गरिएको छ ।यस्तै फेला परेका शवहरूलाई विधिविज्ञान (फरेन्सिक) प्रक्रिया पूरा गरी अस्थायी रूपमा गाडिएको छ । मृतकको पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरूले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्। बेपत्ताका आफन्तलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न तथा विदेशमा रहेकाहरूलाई नेपाल प्रहरीको इमेलमा डीएनए विवरण पठाउन आग्रह गरिएको छ ।उता बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूमध्ये तातोपानी नाका हुँदै हालसम्म ७३६ जना स्वदेश फर्किसकेका छन् भने बुधबार थप ३२ जना फर्किने क्रममा छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक