दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह

काठमाडौं ,२४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिनु भएको हो ।

साथै उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिनुभएको छ ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।

उहाँले आफूले बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए । सो अवसरमा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिएका थिए । यसैगरी मन्त्रीहरूले वैकल्पिक सड़क निर्माण कार्यलाई सरकारले तिब्रता दिएको र लामो लामो बेलीबब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा ती सामाग्रीहरू आउनेक्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी राष्ट्रपतिलाई गराउनु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्रीको राजीनामा

काठमाडौं,२५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु भएको छ । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी

फैसला कार्यान्वयनका लागि नयाँ संरचना र ऐन चाहिन्छ : मन्त्री गौतम

काठमाडौं ,२५ भदौ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताउनु भएको छ । उहाँले

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.