सुरुङभित्र फसेकाहरूको उद्धारको सम्भावना जीवितै छ : सांसद न्यौपाने

काठमाडौं ,२५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताउनु भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भन्नु भएको छ ।उहाँका अनुसार बुधबार अस्थायी सडकलाई सुरुङको मुखसम्म पु¥याएर उत्खनन यन्त्र र माटो–ढुंगा उठाउने यन्त्रमार्फत रात्रीकालीन पालो सञ्चालन गरी चौबीसै घण्टा सुरुङभित्रको लेदो बाहिर निकाल्ने योजना बनाइएको थियो। तर विद्युत् जडानमा भएको ढिलाइसँगै पहिरो, दलदल तथा विस्फोटसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम सुरुङको मुखसम्म पुग्न सकेन ।

 

बिहीबार थप दुई वटा उत्खनन यन्त्र घटनास्थलमा पुगेको र सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेकाले उद्धार कार्य तीव्र गतिमा अघि बढ्ने विश्वास न्यौपानेले व्यक्त गर्नु भयो ।नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले हातैले लेदो पन्छाउने, आवश्यक विस्फोट गर्ने तथा सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको उहाँले बताउनु भयो । १२ वर्षको आफ्नो निरन्तर विस्फोटसम्बन्धी अनुभवका आधारमा आवश्यक सावधानी अपनाएर गरिने नियन्त्रित विस्फोटले उद्धारमा बाधा पु¥याउनुको सट्टा उद्धारको गति बढाउन सक्ने तर्क आफूले प्रस्तुत गरेको न्यौपानेले बताउनु भयो ।

 

सुरुङभित्र प्रतिसेकेन्ड करिब ९ लिटर पानी चुहावट भइरहेको आधारमा २४ हजार घनमिटर पानी चापमा थुनिएको हुनसक्ने र यसले जोखिम निम्त्याउन सक्ने आयोजनाका इन्जिनियरको चासोप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनु भयो ।उहाँका अनुसार डिजाइनअनुसार जलविद्युत् गृहभित्र पानी र लेदोले आफ्नो सतह कायम गरेपछि माथिल्लो भागमा बढीमा ८ मिटरसम्म खाली स्थान रहन सक्ने देखिन्छ ।६० मिटर लम्बाइ, २० मिटर चौडाइ र २५ मिटर उचाइको जलविद्युत् गृहलाई आधार मान्दा माथिल्लो भागको खाली स्थान, हावाको दबाब तथा पानी चुहावटको सम्भावित प्रवेश क्षेत्रलाई समेत विचार गर्दा २४ हजार घनमिटर पानी थुनिएर बस्ने सम्भावना प्राविधिक रूपमा नदेखिएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक