काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा. नवराज कट्टेललाई नियुक्त गर्नु भएको हो।उक्त विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीम खतिवडा नियुक्त हुनु भएको थियो।
नियुक्त तीनैजना पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन हुनु भएको हो । सरकाले प्रा.डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।









