बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार नेपाली कांग्रेसले आब्हान गरेको विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाको अवस्था, उद्धार तथा सरकारले गरिरहेको कामकारबाहीबारे छलफल भएको उहाँले बताउनु भयो।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भन्नु भयो, ‘बैठक भोटेकोशीको बाढीपहिरोको सम्बन्धमा नै हो । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू धेरै प्रभावित भएका छन। त्यहाँ भइरहेको उद्धार र कामकारबाहीको विषयमा छलफल गरेका छौँ । सरकारले गरेका कामहरू कतिको प्रभावकारी भएका छन र कतिसम्म अगाडि बढाउनुपर्ने हो साथै कसरी निरन्तरता दिने हो भन्ने कुरामा पनि छलफल भयो ।’उहाँले बैठकमा तय गरिएका नौबुँदे कामको कार्यान्वयनको अवस्थाबारे समेत छलफल भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘सर्वदलीय बैठक बस्दा केही बुँदाहरू बनाएका थियौँ । कामहरूका बारेमा नौं बुँदा बनाएका थियौँ । त्यो कति कार्यान्वयन भयो र कति हुन बाँकी छ साथै यसलाई अब कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल भयो । वुधबार सत्तापक्षका सभापतिज्यूले सदनबाट भन्नुभएको विशेष संसदीय विशेष समिति गठन गर्ने भन्ने विषयमा पनि छलफल गरेका छौं ।’प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणका विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनु भयो। विपद्को समयमा स्थानीय तह र प्रदेश सरकारसमेत मिलेर काम गरिरहेको उल्लेख गर्दै थापाले सरकारले अझै प्रभावकारी ढंगले काम गर्न सक्ने बताउनु भयो ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्रीको राजीनामा

काठमाडौं,२५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु भएको छ । बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी

फैसला कार्यान्वयनका लागि नयाँ संरचना र ऐन चाहिन्छ : मन्त्री गौतम

काठमाडौं ,२५ भदौ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनको अवस्था न्यून हुनु गम्भीर विषय भएको बताउनु भएको छ । उहाँले

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.