खोजी जारी

चिलिमे सुरुङमा फसेका कर्मचारीहरूको सकुशल भेटिने आशा

काठमाडौं ,२६ भदौ। रसुवा स्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ ।

 

सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि इको सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको पाइएको छ । यसले गर्दा सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल नै हुन सक्ने आशा र अनुमानलाई थप बल पुगेको घिसिङले बताउनु भएको छ । उहाँका अनुसार अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको छ ।उद्धारलाई थप गति दिन स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटरले सुरुङसम्म पुग्ने बाटो बनाउने काम द्रुत गतिमा गरिरहेको छ । आजसम्ममा सुरुङसम्म एक्स्काभेटर पुग्ने सम्भावना रहेको र त्यसपछि एक्स्काभेटर तथा लोडरको प्रयोगले उद्धार कार्य झनै छिटो हुने बताइएको छ ।

 

उक्त कठिन र संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू उच्च मनोबलका साथ अहोरात्र खटिएका छन् । घिसिङले उद्धारमा संलग्न सबै सुरक्षा निकाय तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद