आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

काठमाडौं ,२६ भदौ। आज नेपाली साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाइँदैछ । नेपाली साहित्यमा शृङ्गार रसका प्रणेता तथा बहुआयामिक प्रतिभाका धनी भट्टको योगदानलाई स्मरण गर्दै आज विभिन्न साहित्यिक कार्यक्रमहरू गरि मनाइन्छ ।राणाकालीन समयमा दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर पाएका सीमित गैर–राणा नेपालीहरूमध्ये मोतीराम एक हुनुन्छ । ६ वर्षको सानो उमेरमै परिवारसँगै भारतको बनारस पुग्नु भएको उहाँले त्यहाँ रहँदा उर्दू साहित्यको गहन अध्ययन गर्नु भएको छ। उर्दू भाषामा समेत नाटक लेखनको अनुभव बटुलेका उहाँले आफ्नो छोटो जीवनकालमै नेपाली भाषा–साहित्यको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याउनु भएको छ ।

 

नेपाली साहित्यमा प्रथम जीवनीकार, समालोचक तथा गजलका प्रणेता मानिने भट्टमा गहिरो राष्ट्रिय चेतना र नेपालीपनप्रतिको स्वाभिमान झल्कन्थ्यो ।नेपाली साहित्यको इतिहासमा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्ट एकअर्काका पर्याय मानिनु हुन्छ। एक साथीको विवाह समारोहमा भानुभक्तका फुटकर कविताहरू सुनेपछि प्रभावित हुनु भएको मोतीरामले भानुभक्तका अप्रकाशित कृतिहरूको खोजी र उत्खननमा अथक प्रयास गर्नु भएको थियो ।

भानुभक्तको रामायण तथा अन्य फुटकर रचनाहरू संकलन, सम्पादन र प्रकाशन गरी जनसमक्ष ल्याउने श्रेय मोतीरामलाई नै जान्छ । भानुभक्तको पहिलो जीवनीसमेत मोतीरामले नै तयार पार्नु भएको छ।अल्पायुमै देहावसान भएका मोतीराम भट्टले नेपाली पत्रकारिता, मुद्रण कला छापाखाना र नाट्य क्षेत्रमा पनि जग बसाल्ने काम गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद