‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार आयोजित संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ सभापति थापाले भन्नुभयो, ‘अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेट्स प्राइभेट सेक्टर ।’

उहाँले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको स्पष्ट पार्नुभयो । ‘मैले अनुमानको आधारमा भनेको होइन,’ उहाँले भन्नुभयो, ‘उहाँका पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू हेर्दा यस्तो देखिन्छ ।’सभापति थापाले दुग्ध विकास संस्थान, हेटौंडा कपडा कारखाना र नेपाल औषधि लिमिटेडबारे सरकारले गरेका निर्णयहरूलाई आधारका रूपमा प्रस्तुत गर्नुभयो । ‘ती कारखाना चलुन्, मुनाफा कमाउन्, मेरो शुभेच्छा छ,’ उहाँले भन्नुभयो, ‘त्यसका बारेमा टिप्पणी होइन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद