७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको व्यवस्थापन उपसमितिको २०८३ असार ३१ गतेको स्वीकृत नक्सा तथा लडसिटअनुसार ए,बी,र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो।

ललितपुर महानगरपालिका–१५, भेल्पास्थित आयोजनाले कुनै पनि जग्गाधनीको जग्गामा अन्य व्यक्तिले अनधिकृत रूपमा संरचना निर्माण गरेको भए त्यस्ता संरचना पनि सात दिनभित्र हटाउन आग्रह गरेको छ।तोकिएको अवधिभित्र संरचना नहटाए आयोजनाको तर्फबाट त्यस्ता संरचना हटाइने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ । यसअघि आयोजनाअन्तर्गत १० ठाउँमा बनेको संरचना हटाइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद