अस्पताल नजिकै सडकमा सुत्केरी भएको घटनाप्रति सांसद कार्कीद्वारा गम्भीर प्रश्न

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको छ
।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको र मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गरिए पनि व्यवहारमा नागरिकले पाउने स्वास्थ्य सेवामा ठूलो समस्या रहेको बताउनुभयो। उहाले भन्नुभयो, ‘हामी गर्व गर्ने गर्छौँ, नेपालमा संस्थागत प्रसूति निःशुल्क छ, आमा सुरक्षा कार्यक्रम छ, मातृ मृत्युदर घटिरहेको छ। यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ। तर गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि सङ्घीय सरकारी अस्पतालको नजिकै सडकपेटीमा एउटी आमाले बच्चा जन्माउनुपरेको दृश्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हामीसामु ल्याइदिएको छ।’संविधानमा स्वास्थ्यको हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरिए पनि कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले व्यवहारमा पाउने सेवाबीच ठूलो दूरी रहेको उहाले बताउनुभयो।

प्रसव पीडामा अस्पताल पुग्ने महिलाको तत्काल ट्रायज र इमर्जेन्सी क्लिनिकल असेसमेन्ट सुरु गर्नुपर्ने भन्दै उहाले मटर्नल फिटल इभ्यालुएसनसमेत तत्काल गर्नुपर्ने बताउनुभयो। प्रसव पीडामा अस्पताल पुगेकी महिलालाई तत्काल भर्ना गरेर निरन्तर निगरानीमा राख्नुपर्ने उहाको भनाइ थियो।अस्पतालमा भर्ना भएकी बिरामी सम्पर्कविहीन हुँदा खोजी नगर्नु र परिवारलाई सम्पर्क नगर्नु गम्भीर लापरबाही भएको उहाले प्रश्न उठाउनुभएको छ ।कार्कीले प्रसवका लागि अस्पताल पुगेकी महिलालाई सुरक्षित रूपमा भर्ना गर्ने, आवश्यक परे ट्रान्सपोर्ट गर्ने र नियमित निगरानी गर्ने जिम्मेवारी अस्पतालकै हुनुपर्ने बताउनुभयो। बिरामी बेडमा नभेटिएपछि खोजी गर्ने र फारममा राखिएको फोन नम्बरमार्फत तत्काल सम्पर्क गर्नुपर्ने उहाको भनाइ थियो।ब्लड टेस्टका लागि पैसा नभएको अवस्थामा समेत सामाजिक सेवा एकाइ र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उहाले बताउनुभयो। आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउने प्रक्रियामा मात्र सीमित हुन नहुने उहाको भनाइ छ।स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको र नेपाल मेडिकल काउन्सिलको टोलीसमेत पुगेको उल्लेख गर्दै कार्कीले छानबिन दोषी पहिचान र कारबाहीमा मात्र सीमित हुन नहुने बताउनुभयो। भविष्यमा यस्ता घटना दोहोरिन नदिन समाधानका उपायसमेत अघि बढाउनुपर्ने उहाको जोड थियो।त्यस्तै, आमा सुरक्षा कार्यक्रमलाई ‘कम्प्लिट मटर्नल प्याकेज’का रूपमा व्यवस्थित गर्नुपर्ने उनले माग गरिन्।

प्रसूति तथा शिशु सेवासँगै आवश्यक जाँच, औषधि, उपचार, भिडियो एक्सरे, सुत्केरी सेवा र परिवार नियोजनसम्मका सेवामा कार्यक्रमले समेट्नुपर्ने उहाको भनाइ थियो।कतिपय अस्पतालले औषधि निःशुल्क नदिने तथा भिडियो एक्सरेलगायतका सेवामा शुल्क लिने गरेको भन्दै उनले यस्तो अवस्थामा आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्ने बताउनुभयो।उहाले प्रत्येक अस्पतालमा सामाजिक सेवा एकाइलाई २४ सै घण्टा सक्रिय राख्नसमेत माग गर्नुभयो।गरिब बिरामी आफैँले पैसा जुटाउने वा सहयोग खोज्ने अवस्था अन्त्य गरी अस्पतालले नै आर्थिक रूपमा कमजोर बिरामी पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने उहाको भनाइ थियो।कार्कीले प्रत्येक अस्पतालमा विस्तृत ‘मटर्नल केयर अडिट’को व्यवस्था गरी त्यसको नियमित नियमन र आवश्यक कारबाही गर्नुपर्ने मागसमेत गर्नुभयो। बिरामी कति आए, कति सुत्केरी भए र कति जनाको अपरेसन भयो भन्ने तथ्यांक मात्र नभई बिरामी कुन समयमा अस्पताल आइपुग्यो, ट्रायज भयो कि भएन, उपचार प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषयसमेत अभिलेख र मूल्यांकनमा समेटिनुपर्ने उहाले बताउनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं , भदौ २६। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।जेनजी मुभमेन्ट

अस्पताल नजिकै सडकमा सुत्केरी भएको घटनाप्रति सांसद कार्कीद्वारा गम्भीर प्रश्न

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको