ग्यासको व्यापरमा वदमासी?

दमकबाट पाँचथरसम्म ग्यास तस्करी, ५४० सिलिण्डरमध्ये ३९० को रेकर्ड गायब

हेलो सरकारबाट उजुरीका आधारमा इलाका प्रशाषनले अनुगमन गरेको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई सहित इलाका प्रशाषन कार्यालय दमकको टोली अनुगमन गर्दै ।

दमक, २६ भदौ । झापाको दमकबाट पाँचथरसम्म खाना पकाउने ग्यासको अवैध निकासी हुने गरेको खुलेको छ ।

 

दमक नगरपालिका–१ मा सञ्चालित मुना स्टोर्सले स्वीकृत परिमाणभन्दा बढी ग्यास बिना रेकर्ड बिक्री वितरण गरेको इलाका प्रशासन कार्यालय दमकको बजार अनुगमनका क्रममा फेला परेको हो ।

 

प्रशासनका प्रशासन शाखा अधिकृत अधिकृत सुरेन्द्र दाहालका अनुसार स्टोर्सले भदौ १४ गते १८० र भदौ २२ गते ३६० गरी जम्मा ५४० थान कन्काई ग्यास प्राप्त गरेको देखिन्छ । तर, अनुगमनका दिनसम्म जम्मा १५० थान ग्यासको मात्रै बिक्री रेकर्ड भेटिएको छ ।
यस हिसाबले ३९० थान ग्यासको आधिकारिक बिक्री रेकर्ड छैन ।

 

अनुगमन टोली पुग्दा स्टोर्सको गोदाममा जम्मा दुईवटा मात्रै भरिएका सिलिण्डर भेटिएका थिए । तर, करिब २५० वटा खाली सिलिण्डर गोदाममा रहेको प्रशासनले जनाएको छ ।

 

अनुगमनबाट स्थानीय बजारमा बिक्रीका लागि ल्याइएको ग्यास बिना रेकर्ड जिल्ला बाहिरसमेत पठाउने गरेको खुलेको छ ।

प्राप्त विवरणअनुसार मुना स्टोर्सबाट पाँचथरको तुम्बेवा गाउँपालिकाका जीवन कार्कीलाई २६, टीका भट्टराईलाई १० र अस्मिता राईलाई ६ गरी ४२ थान ग्यास पठाइएको भेटिएको छ ।

 

यसले दमकमा ल्याइएको ग्यासको ठूलो हिस्सा कहाँ र कसरी बिक्री भयो भन्ने प्रश्नसमेत उठाएको छ । प्रशासनले ग्यासको कारोबारमा देखिएको अनियमितता र जिल्ला बाहिर भएको अवैध निकासीबारे थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

 

हेलो सरकारबाट उजुरीका आधारमा इलाका प्रशासनले अनुगमन गरेको हो । २४ घण्टा भीत्रमा आएको गुनासोका आधारमा अनुगन समते गरिएको प्रशासन कार्यालयले जानाएको छ ।

यसरी बिना रेकर्ड र अन्तर जील्ला समेत बिक्रि गरेको भन्दै मुना स्टोर्सलाई कार्वाहिको प्रकृया समेत सुरु गरिएको प्रशासन शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपत्तिपछि ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै नेपाली

काठमाडौं,२८ भदौ । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर

सानीभेरीमा जिप दुर्घटना हुँदा २ को मृत्यु,९ घाइते

सुर्खेत ,२८ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।कोटगाउँबाट

आज दर खाएर व्रतको पूर्वतयारी गरिँदै

काठमाडौं ,२८ भदौ। हिन्दु नारीहरूको चाड हरितालिका तीजको रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज आइतबार दर खाने तयारी गरेका छन् । व्रतका लागि

इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

इलाम,२७ भदौ । इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । हिजो शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री

हर्मुज जलमार्ग सुरक्षित बनाउन खाडी मुलुकको बैठक ओमानमा बस्दै

काठमाडौं ,भदौ २७। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले

सांसद डा. कार्की र पूर्वमन्त्री पौड्यालद्वारा रसुवाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं , भदौ २७। प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री डा. विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको